बाढीपहिरोको कहर : १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बन्यो | Khabarhub Khabarhub

बाढीपहिरोको कहर : १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बन्यो


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए ।

वर्षाका कारण दुई घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रित परिवारलाई प्रतिमृतक १५ हजार रकमका दरले एक लाख ५० हजार राहत दिइएको थियो ।

त्यसबाहेक उनीहरूले कतैबाट केही पनि सहयोग पाएनन् । भत्केको घर नजिकै झुप्रोमा बास बस्दै आएका थिए । उनीहरू बस्दै आएको घर अहिले जीर्ण भैसकेको छ । यही कात्तिक पहिलो साता भएको अविरल वर्षाका कारण बाँकी रहेको उक्त घरसमेत पहिरोको उच्च जोखिममा परेको छ । अहिले पीडित डम्बरराम महरको सात जनाको परिवार त्रिपालमूनि बस्दै आएको छ ।

पीडित महरले भने, ‘२०६३ सालमा म बझाङमा रहेकाले बाँचेको हुँ । मेरा ठूलाबुबा र दाइको परिवारको पहिरोमा पुरिएर मृत्यु भएको थियो । मेरो छोरीसहित चार जना गम्भीर घाइते भएका थिए । छोरी पदमालाई दुई दिनपछि पहिरोबाट निकालिएको थियो । उनको नशा च्यापिएकाले अहिले पनि दैनिक औषधि खुवाउनुपर्ने र हरेक दुई महिनामा भारतको बरेली अस्पताल लग्नुपर्छ । त्यो पीडा एकातिर छदैँ थियो । तर, यसपालिको वर्षाले मेरो चार रोपनी जमिन बगरमा परिणत गरिदिएको छ । घर पनि जीर्ण भइसकेको छ । अहिले त्रिपालमूनिको बास भएको छ । पानी पर्दा उभिएरै रात कटाउँछौँ ।’

जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि निवेदन दिए पनि आफू छनोटमा नपरेको उनले गुनासो गरे । महरले भने, ‘दुई पटक जनता आवास कार्यक्रमका लागि निवेदन आह्वान हुँदा निवेदन दिएँ । मेरोभन्दा कम पीडा भएका व्यक्ति छनोट हुन्छन् । तर, मेरो निवेदन स्वीकृत भएको छैन । पहिलाको बाढीमा बचेको खेत अहिले बगेकाले घर बनाउने ठाउँसमेत छैन् । अत्यन्त पीडामा छु । कसरी गाँसबासको व्यवस्था गर्ने, केही सोच्नै सकेको छैन ।’ ज्वाइँको मृत्यु भएकाले छोरी हेमा पनि आफूसँगै रहेको र उनको पालनपोशणसमेत आफैँले गर्नुपरेको उनको भनाइ छ ।

२०६३ को घटना हुँदा दुई दिनपछि पहिरोबाट निकालिएकी महरकी घाइते छोरी पदमा अझै उपचारको क्रममा छिन् । उनलाई हरेक दुई महिनामा उपचारका लागि भारतको बरेली लैजानु पर्छ ।

उतीबेला कहिले महर, उनका छोरा विश्राम र बुहारी लक्ष्मी तथा नातिनातिनी भुवनेश्वर, रेखा, चिना, शंका र पिंकीको ज्यान गएको थियो । यसैगरी उतिबेला भारतमा रहेका रत्ने महरका छोरीहरू रितु र गोमतीको मृत्यु भएको थियो ।

२०६३सालमा महर परिवारका एक ढलान घर र अर्को आठ कोठे छानो भएको घर भत्किएको थियो भने यस वर्षको बेमौसमी वर्षामा बाँकी रहेको घर र सबै खेतबारी पहिरोले लगेपछि महर परिवारको विचल्ली भएको छ ।

अहिले महर राहतको खोजीमा दैनिक जिल्ला सदरमुकाम धाउने गरे पनि सुनुवाइ नभएको बताउँछन् । उनले वडादेखि नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै ठाउँमा आफ्नो पीडा सुनाइसकेको बताएका छन् । न्यूजकारखाना

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : ४१ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि