पुनीतको निधनको अनुसन्धान गर्न माग | Khabarhub Khabarhub

पुनीतको निधनको अनुसन्धान गर्न माग


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– कन्नड फिल्म उद्योगका पावरस्टार पुनीत राजकुमारको गन अक्टोबर २९ मा निधन भएको थियो । तर उनका फ्यानबीच अहिले पनि शोकको लहर जारी नै छ । अभिनेताको अचानक निधन फ्यानका लागि कुनै ठूलो आपत भन्दा कम छैन ।

यही शोकका कारण उनका १० भन्दा बढी फ्यानले आत्महत्या गरिसकेका छन् । यही मामलामा पुनीतका एक फ्यानले कर्नाटकको एक प्रहरी चौकीमा अभिनेताको निधनको कारणको अनुसन्धान हुनुपर्ने भन्दै निवेदन दिएका छन् ।

अरुण नामका फ्यानले अभिनेताको मृत्यु शंकास्पद भएकाले उनको मृत्युको अनुसन्धान हुनुपर्ने भन्दै निवेदन दिएका हुन् । ‘अभिनेता पूर्ण रुपमा स्वस्थ थिए र जसै उनको स्वास्थ्य बिग्रियो, उनलाई जिमबाट तुरुन्तै अस्पताल लगिएन’, निवेदनमा उल्लेख छ ।

प्रहरीले निवेदन स्वीकार्दै मृत्युको विषयमा अनुसन्धान हुने आश्वासन दिएको छ । अभिनेता सुशान्तसिंह राजपूतको अचानक निधन भएपछि उनका फ्यानले निरन्तर अनुसन्धानको माग गरिरहेका छन् ।

पुनीतले निधनपछि नेत्रदान गर्ने निर्णय अनुरुप उनको निधनको ६ घण्टा भित्र उनका दुवै आँखा निकालिएका थिए । अभिनेताको निधन पछि उनका फ्यानहरुले पनि आँखा दान गर्ने निर्णय लिएका छन् । उनका फ्यानहरु बेङलोरको नारायण नेत्रालय अस्पताल पुगेका छन् । अस्पतालका अनुसार हालसम्म करिब २ सय फ्यानले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

पुनीत फिल्म ‘जेम्स’को सुटिङमा व्यस्त थिए र यो फिल्म पछि उनी ‘द्वित्व’को काममा जोडिन लागेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : ३८ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले