सिंगारु, गर्रा र लहरे नाच संरक्षणमा देउसीभैलो « Khabarhub

सिंगारु, गर्रा र लहरे नाच संरक्षणमा देउसीभैलो


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आधुनिक म्युजिक सिस्टमको प्रयोगमा रमाउने युवा जमातलाई समेटेर बाँके खजुरा गाउँपालिका–४ का स्थानीयले लोप हुन लागेका सिंगारु, मयूर (गर्रा) र लहरे नाचसहित देउसीभैलो खेलेका छन् ।

सल्यान, रुकुम, सुर्खेत सिम्ता क्षेत्र, जाजरकोटलगायतका पहाडी जिल्लाबाट बसाइ सरेर खजुरामा आएकाहरूको समूहले पछिल्लो समय डिजे तथा साउण्ड सिस्टमको प्रयोग गरी सांस्कृतिक कार्यक्रम गर्दा गर्रा (मयुर) नाच, सिंगारु नाच, लहरेनाच लोप हुन लागेकोले आफूहरूको सक्रियतामा युवादेखि जेष्ठ नागरिकसम्मको सहभागितामा मौलिक संस्कृति रक्षामा लागेको टोलीका अगुवासमेत रहेका ६७ वर्षीय रुपसिंह भण्डारीले जानकारी दिए ।

मयूर, सिंगारु र लहरे नाच संरक्षण गर्ने र मनोरञ्जन गर्ने उद्देश्यले देउसीभौलो कार्यक्रम गरेको उनको भनाइ छ । घाँटीमा टेम्केको डोरी मिलाउँदै उनले भने, ‘हराउँदै जान लागेको संस्कृति जोगाउन यो वर्षदेखि १४ वर्षका किशोरदेखि ७० वर्षका जेष्ठ नागारिकहरूको समूह बनाएर देउसीभैलो खेल्दै हिँडेका हौँ । यसले मनोरञ्जनसँगै संस्कृतिको संरक्षण गर्ने हाम्रो उद्देश्य छ ।’

टेम्के, बाँसुरी, मादलको तालमा ताल मिलाउँदै किशोरदेखि जेष्ठ नागरिकको टोलीले लहरे नाच, सिंगारु नाच र गर्रा नाच नाचेर देउसीभैलो खेल्दा अत्यन्तै रमाइलो महसुस भएको स्थानीय ६७ वर्षीय तुलबहादुर विश्वकर्माले बताए । उनले आफूमा रहेको सांस्कृतिक सिप अर्को पुस्तालाई सिकाउन पाउँदा खुशी लागेको बताए ।

उनले लहरे नाच, गर्रा नाच र सिंगारु नाच तीनवटै नाच आफू पनि नाच्ने र अरुलाई पनि नचाउने कार्यमा संलग्न भएको बताए । ‘हामीलाई हाम्रो संस्कृति हामीसँगै लोप भएर जान्छ कि भन्ने चिन्ताले सताएको थियो । तर, हामीसँगै हाम्रा सन्ततीले सिंगारु, गर्रा र लहर नाचप्रति आकर्षित भएकाले हर्षित भएका छौ,’ उनले भने ।

बाँसुरी तथा मादल र टेम्केको तालमा ताल मिलाउँदै नाच्न कठिन हुने शेरबहादुर विसीले बताए । यसैगरी सिंगारु नाचमा पुरुषले महिलाका वस्त्र लगाएर महिलाको जस्तो भेष बनाई नाच्ने गरिन्छ । गर्रा नाचमा मयूरको प्वाँखको विषेश पोषाक बनाई नाच्ने गरिने भएकोले यसलाई मयूर नाचसमेत भन्ने गरिएको उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : ४३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र