पापराजीबाट बच्न छातामा लुके शाहरुख « Khabarhub

पापराजीबाट बच्न छातामा लुके शाहरुख


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खान छोरा आर्यन खान लागुऔषध मुद्धामा जोडिएपछि फ्यान र पापराजीबाट बचेर हिँड्न थालेका छन् । यस्तै दृश्य आइतबार मुम्बईको एक प्राइभेट एयरपोर्ट बाहिर देखियो । जब शाहरुख पापराजीबाट बच्न कालो छातामा लुकेर गाडीभित्र पसे ।

बलिउड पापराजी विरल भयानीले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एयरपोर्ट बाहिरको एक भिडियो राखे । जहाँ शाहरुख छातामा लुकेर गाडीमा पसेको देख्न सकिन्छ । ‘शाहरुखको टिम दिल्लीबाट निकै जासुसी तरिकाले फर्किएको छ । कलिना एयरपोर्टको भिडियो हो, जहाँ उनको निजी विमान अवतरण भएको छ’, उनले लेखेका छन् ।

यो भिडियो सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले शाहरुखलाई ट्रोल बनाएका छन् । एक प्रयोगकर्ताले ‘छोराको क्रियाकलापले मुख लुकाएर आउने जाने गरिरहनु परेको छ’ भन्दै लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘लागुऔषध दुव्र्यसनीको पिता मुख छोपेरै घुम्छन्’ भनी लेखेका छन् । केहीले भने अभिनेतालाई ‘लागुऔषधवाला’ र ‘दुव्र्यसनी’ भनेर बोलाएका छन् ।

शाहरुख हरेक वर्ष नोभेम्बर २ मा आफ्नो जन्मदिनमा मन्नत बाहिर आएका फ्यानलाई घरमा बनाइएको विशेष स्थानबाट अभिवादन गर्थे । तर उनले यो वर्ष त्यो काम गरेनन् । जन्मदिनमा मन्नत बाहिर हजारौं फ्यान जम्मा भए पनि उनले उपस्थिति नजनाउदा फ्यानहरु निराश भएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ५९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर