यी हुन् घरबाट धनको हानी हुने धार्मिक मान्यता « Khabarhub

यी हुन् घरबाट धनको हानी हुने धार्मिक मान्यता


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरको वास्तु ठिक आवश्यक छ, अन्यथा सफल, सुखी, सम्पन्न र स्वस्थ जीवन पाउन कठिन हुने वास्तुशास्त्रको मान्यता छ । यस्तो वास्तु शास्त्रको केही जरूरी नियमको पालना गर्न आवश्यक रहन्छ । साथै अचानक खर्च बढेमा, बिना कारण धन खर्च हुन थालेमा पनि वास्तु कारक रहने वास्तु शास्त्रको मान्यता छ । यस्तोमा केही उपाय अपनाउनु पर्दछ ।

क) धारा चुहिनु

बन्द धाराबाट पनि पानी चुहिनु केवल पानीको नाश मात्र होइन यसले घरको धन र सम्मानमा पनि हानी पुर्‍याउने वास्तुको मान्यता छ । वास्तु शास्त्रमा धारा चुहिनु अशुभ मानिन्छ । तसर्थ घरका धारमा यी समस्या भए यसलाई तत्काल मर्मत गर्नु पर्दछ ।

ख) दक्षिणमा ढुकुटी राख्नु

घरको सुख–समृद्धि पाउन घरको ढुकुटी सही स्थानमा हुन आवश्यक छ । वास्तु शास्त्र अनुसार ढुकुटीको मुख दक्षिण दिशामा फर्केको हुनु हुँदैन । अन्यथा धनको हानी हुनसक्छ । घरको ढुकुटी उत्तर दिशातर्फ खुल्ने भएमा यसलाई राम्रो मानिन्छ ।

ग) भान्सामा जुठा भाडा

रातको खानापछि धेरैले जुठा भाडा राख्ने गर्दछन् । तर वास्तु अनुसार यो गलत हो । रातभर जुठा भाडा छाडेमा यसले स्वास्थ्य हानी पार्न सक्ने र घरमा नकारात्मक ऊर्जाको वास हुने वास्तु शास्त्रको मान्यता छ ।

घ) घरको मुख्यद्धारमा फोहोर

घरको मुख्यद्वारमा फोहोर हुनु राम्रो होइन । साथै ढोकामा फोहोर थुपार्नु पनि हानिकारक मानिन्छ । यस्तो भएमा घरमा धनको अभाव हुने मान्यता छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ०० बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको