विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन « Khabarhub

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् ।

महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका हुन् ।
जिल्लामा महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोर मुख्य प्रवेश नाका रहँदै आएका छन् ।

जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवकै मुखमा भारतका विभिन्न ठाउँमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएपछि पूर्वसजगताका लागि ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको मटिहानी नगरपालिकाले जनाएको छ ।

नाकामा नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका अगुवा सम्मिलित दुईवटा टोली परिचालित गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

अतिआवश्यक स्वास्थ्य सामग्री थर्मलगन, मास्क, सेनिटाइजर लिएर बसेका टोलीले नेपाल प्रवेश गर्नेको प्रारम्भिक स्वास्थ्य जाँच गरेर अनिवार्य मास्क लगाउने प्रबन्धसाथ प्रवेशको व्यवस्था मिलाएको छ ।

महोत्सवमा स्वास्थ्य सजगता अपनाउन मटिहानीका मुख्य नाका, मठमन्दिर, बजार र रामजानकी सडक (मटिहानी–जनकपुर सडक) क्षेत्रमा स्वास्थ्य सजगता अपिल गरिएका ‘होर्डिङबोर्ड’ राखिएका छन् । भारतबाट आउने र यहीँकै स्थानीयवासीमा पनि नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध सचेतताका लागि यो प्रयत्न थालिएको नगरप्रमुख मण्डलको भनाइ छ ।

यसैगरी भिठ्ठामोर प्रवेश नाकामा पनि जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सम्मिलित टोली परिचालित गरिएका छन् ।

महोत्सवमा अयोध्याबाट आउने जन्तीको प्रवेश नाका मटिहानी र भिठ्ठामोर हुने गरेको छ । विगत वर्षमा महोत्सवमा भारततर्फबाट निकै भीड पस्ने गरे पनि गत वर्ष महाव्याधि छल्न नाका बन्द नै रहेको र यसपालि पनि सो असर पूर्ण नियन्त्रण नभइसकेको हुँदा प्रवेश गर्नेको सङ्ख्या घटेको देखिँदो छ ।

महोत्सवको मुख्य दिन विवाहपञ्चमीको एक दिनपूर्व भारतीय श्रद्धालु नेपाल प्रवेश गर्ने पुरानो परम्परा छ । यसअनुसार भोलिको पञ्चमीका लागि भारतीय साधुसन्त र सर्वसाधारण आज नेपाल प्रवेश गर्नेछन् । नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचसहित प्रारम्भिक आकष्मिक उपचारलाई पनि मध्यनजर गर्दै औषधिको व्यवस्था पनि मिलाइएको मटिहानी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : १५ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल