नकुल र विष्णुको ‘ढल्की जाला त्यो लाली जोवन’ | Khabarhub Khabarhub

नकुल र विष्णुको ‘ढल्की जाला त्यो लाली जोवन’


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायकद्वय नकुल थापा र विष्णु थापाको स्वरमा रहेको लोकदोहारी भाका ‘ढल्की जाला त्यो लाली जोवन’ सार्वजनिक भएको छ । भाकामा गायकद्वयकै शब्द छ । गायकद्वयलाई स्वरमा गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन् ।

नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकिय गन्तव्य बलेफीलाई केन्द्रित गरी गायकहरुले भाका तयार पारेका हुन् ।

भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चल जंग थापा र गृष्मा थापा मगरले अभिनय गरेका छन् ।

त्रिपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो श्रीकाली चौरमा छायांकन गरिएको छ । शिशिर बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा ड्रोनबाट छायांकन गरिएको सु्नकोशी नदी, बलेफी र त्यस आसापासका स्थान समेटिएको छ ।

त्रिपुरा म्युजिक नेपालले उत्पादन तथा वितरण गरेको गीतको म्युजिक भिडियोमा दीपक गिरीको छायांकन, रोशन धितालको सम्पादन र रामचन्द्र बस्नेतको ड्रोन रहेको छ । गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ४५ बजे

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा