नकुल र विष्णुको ‘ढल्की जाला त्यो लाली जोवन’ « Khabarhub

नकुल र विष्णुको ‘ढल्की जाला त्यो लाली जोवन’


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायकद्वय नकुल थापा र विष्णु थापाको स्वरमा रहेको लोकदोहारी भाका ‘ढल्की जाला त्यो लाली जोवन’ सार्वजनिक भएको छ । भाकामा गायकद्वयकै शब्द छ । गायकद्वयलाई स्वरमा गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन् ।

नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकिय गन्तव्य बलेफीलाई केन्द्रित गरी गायकहरुले भाका तयार पारेका हुन् ।

भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चल जंग थापा र गृष्मा थापा मगरले अभिनय गरेका छन् ।

त्रिपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो श्रीकाली चौरमा छायांकन गरिएको छ । शिशिर बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा ड्रोनबाट छायांकन गरिएको सु्नकोशी नदी, बलेफी र त्यस आसापासका स्थान समेटिएको छ ।

त्रिपुरा म्युजिक नेपालले उत्पादन तथा वितरण गरेको गीतको म्युजिक भिडियोमा दीपक गिरीको छायांकन, रोशन धितालको सम्पादन र रामचन्द्र बस्नेतको ड्रोन रहेको छ । गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ४५ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त