विजयीको तीन दिनपछि मिश्रले दिए लिङ्देनलाई बधाई « Khabarhub

विजयीको तीन दिनपछि मिश्रले दिए लिङ्देनलाई बधाई


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दू राष्ट्र’एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाई दिएका छन् ।

राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिष्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक सञ्जालमार्फत बधाइ दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र माइक्रोब्लगिङ साइट ट्वीटर र सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङ्देनलाई बधाई दिएका हुन् ।

कमल थापाको विरासत ढाल्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी बनेका थिए ।

लिङ्देनसँग गठबन्धन बनाउनु होला

मिश्र पछिल्लो पटक आफ्ना हरेक अभिव्यक्तिमा तत्कालीन राजाहरू पृथ्वीनारायण शाह र महेन्द्र शाहको नाम  लिन छाड्दैनन् । महेन्द्र राष्ट्रवादी भन्न उनी धक मान्दैनन् । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका मिश्रलाई पछिल्लो पटक ‘दक्षिणपन्थीको बात’लाग्ने गरेको छ । यद्यपि, उनले सार्वजनिक अभिव्यक्तिमा स्वीकार गरेका छैनन् ।

तर, मिश्रले लिङ्देनलाई बधाइ दिँदा ‘आफूलाई लाग्ने गरेका आरोपलाई बल पुग्ने’ शव्द खर्चेका छन् । उनले नेपाल राजनीतिक, सामाजिक रूपमा मूलत नरम परम्परावादी समाज रहेको दाबी गरेका छन् ।

जबकि, राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य तथा तीसँग जोडिएका २०४६ र २०६२/६३ को जनआन्दोलनले नेपाली समाज अग्र रुपान्तरणकारी बाटोमा रहेको पुष्टि गर्छ । जनआन्दोलनकै बलमा राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रिक मुलुक बनेको विश्लेषकहरूको मत छ ।

नेपाललाई कल्याणकारी, नरम वामपन्थी एजेण्डा चाहिएको बताएका मिश्रले अगाडि भनेका छन्, ‘राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।’

उनले लिङ्देनको विजयलाई ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने’ दाबी गरेका छन्। मिश्रले भनेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईँको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

उनको यो अभिव्यक्तिलाई राप्रपाको एजेण्डासँग जोडिएर पनि हेर्न थालिएको छ । फेसबुकमा राजकुमार आचार्यले मिश्रमाथि टिप्पणी गरेका छन्, ‘अब पार्टी एकता गर्नुस् । धेरै राष्ट्रवादी विचारहरू मिल्छ।’

ट्वीटरमा केदार थापाले टिप्पणी गरेका छन्, ‘आगामी चुनावमा लिङ्देनसॅग गठबन्धनको मनस्थिति बनाउनुहोला ।’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ५५ बजे

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम