पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब « Khabarhub

पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् ।

मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा बाहिर युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै दबाब दिएका छन् ।

दबाब समूह बनाएर युवाहरुले प्लेकार्डसहित धर्ना भएका छन् । उनीहरुले अहिले नमिले कहिले मिल्ने भन्दै जसरी पनि एकजुट भएर सभापतिको उम्मेदवार तय गर्न पौडेल समूहका नेताहरुलाई दबाब दिएका छन् ।

पौडेल समूहमा पौडेल, पूर्वमहामनत्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । उनीहरु सबै चाक्सीबारी बैठकमा सहभागी छन् । मंगलबार दिउँदो १ बजेबाट जारी बैठक चलिरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४६ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित