पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब « Khabarhub

पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् ।

मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा बाहिर युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै दबाब दिएका छन् ।

दबाब समूह बनाएर युवाहरुले प्लेकार्डसहित धर्ना भएका छन् । उनीहरुले अहिले नमिले कहिले मिल्ने भन्दै जसरी पनि एकजुट भएर सभापतिको उम्मेदवार तय गर्न पौडेल समूहका नेताहरुलाई दबाब दिएका छन् ।

पौडेल समूहमा पौडेल, पूर्वमहामनत्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । उनीहरु सबै चाक्सीबारी बैठकमा सहभागी छन् । मंगलबार दिउँदो १ बजेबाट जारी बैठक चलिरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ