सप्तरीमा गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिइन् « Khabarhub

सप्तरीमा गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिइन्


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच गाउँपालिकाको कार्यालयमै कुटाकुट भएको छ ।

गहुँको विषयमा छलफल चलिरहँदा अध्यक्ष सूर्यरानायणले उपाध्यक्ष उषाकुमारीलाई गालीगलोच गरेपछि कुटाकुट भएको ३ नम्बर वडाका अध्यक्ष दिपेन्द्र प्रसाद यादवले खबरहबलाई फोनमा जानकारी दिए ।

उनका अनुसार गहुँको बिउँ वितरण गर्ने विषयमा अध्यक्ष सूर्यनारायणले आफूखुशी निर्णय गराउन लागेपछि उपाध्यक्ष उषाकुमारीले विरोध जनाएकी थिइन् । त्यसपछि अध्यक्षले उपाध्यक्षलाई झम्टेको र उपाध्यक्षले कुर्सीले प्रहार गरेकी थिइन् । कुर्सीले लागेर अध्यक्ष सूर्यनारायणका अगाडिका दुईवटा दाँत भाँचिएका छन् ।

अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा उपाध्यक्षको हात चोट लागेको छ । चुरा फुटेर चोट लागेको वडा अध्यक्ष यादवले बताए । अध्यक्ष राजपाका हुन् भने उपाध्यक्ष लोसपाकी हुन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा उपाध्यक्षको फोन उठेन भने अध्यक्षको मोबाइलको स्वीच अफ छ ।

सो गाउँपालिकामा विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलबसमेत खान नपाएको वडा अध्यक्ष यादवले बताए । कर्मचारी नभएकाले पनि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ४२ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक