सप्तरीमा गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिइन् « Khabarhub

सप्तरीमा गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिइन्


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच गाउँपालिकाको कार्यालयमै कुटाकुट भएको छ ।

गहुँको विषयमा छलफल चलिरहँदा अध्यक्ष सूर्यरानायणले उपाध्यक्ष उषाकुमारीलाई गालीगलोच गरेपछि कुटाकुट भएको ३ नम्बर वडाका अध्यक्ष दिपेन्द्र प्रसाद यादवले खबरहबलाई फोनमा जानकारी दिए ।

उनका अनुसार गहुँको बिउँ वितरण गर्ने विषयमा अध्यक्ष सूर्यनारायणले आफूखुशी निर्णय गराउन लागेपछि उपाध्यक्ष उषाकुमारीले विरोध जनाएकी थिइन् । त्यसपछि अध्यक्षले उपाध्यक्षलाई झम्टेको र उपाध्यक्षले कुर्सीले प्रहार गरेकी थिइन् । कुर्सीले लागेर अध्यक्ष सूर्यनारायणका अगाडिका दुईवटा दाँत भाँचिएका छन् ।

अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा उपाध्यक्षको हात चोट लागेको छ । चुरा फुटेर चोट लागेको वडा अध्यक्ष यादवले बताए । अध्यक्ष राजपाका हुन् भने उपाध्यक्ष लोसपाकी हुन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा उपाध्यक्षको फोन उठेन भने अध्यक्षको मोबाइलको स्वीच अफ छ ।

सो गाउँपालिकामा विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलबसमेत खान नपाएको वडा अध्यक्ष यादवले बताए । कर्मचारी नभएकाले पनि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ४२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ