मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह हुने « Khabarhub

मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह हुने


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार दिउँसो जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर कार्यक्रम गरेको हो ।

नेपाली सेनाको ब्याण्डबाजा तथा स्थानीय जयनुल व्याण्डपार्टीका कालाकारहरूले बजाउने बाजागाजाको धुनमा रमाउँदै हजारौंको संख्यामा श्रद्धालुभक्तजन मटोरमा सहभागी भएका थिए ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको छ ।

मटकोरको क्रममा गंगासागरको पोखरीबाट माटोलाई विवाहका लागि मण्डव तयार गरिने चलन रहेको छ । मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले दैनिक साँझ आयोजना गरिने गंगा आरतीको दिउँसै गरेको थियो ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ । भोलि छैंटौं दिन स्वयंवर राति वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहीबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ५५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत