कुन परिकार कस्तो भाडाँमा पकाउने ? « Khabarhub

कुन परिकार कस्तो भाडाँमा पकाउने ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खाना पकाउन अनुकुलता र स्थान अनुसार फरक फरक धातुको भाडाँको प्रयोग गरिन्छ ।

तर कतिपय अवस्थामा जान अन्जानमा कुन खाना कुन धातुको भाडाँमा पकाउने भन्नेबारे जानकारी नहुदाँ यसले हाम्रो स्वास्थ्यमा असर गर्दछ ।

हामीले कस्तो खानेकुरा कस्तो भाँडामा पकाउने त ?

१. पित्तल
पित्तलको भाडाँमा धेरै नुनिलो खानेकुरा पकाउनु हुदैँन, अन्यथा फुड प्वाइजन हुनसक्छ । पित्तलको भाडाँमा नुन र अम्लको प्रतिक्रिया हुन्छ ।

२. तामा
पहिलेको समयमा तामाको भाँडाको धेरै प्रयोग गरिन्थ्यो । पित्तलमा जस्तै यसमा पनि अम्ल र नुनको प्रतिक्रिया हुन्छ । त्यसैले तामाका भाडाँमा अमिलो परिकार पकाउनु हुदैँन ।

३. एल्मुनियम
अहिले प्रायः सबैको घरमा एल्मुनियमको भाडाँ हुने गर्दछ । चाडैँ अणु सक्रिय हुने भएकाले एल्मुनियम चाडै तातिन्छ । त्यसैले हल्का प्रकारको खाना एल्मुनियमको भाँडामा खाना पकाउनु हानिकारक हुन्छ ।

४. स्टेनलेस स्टिल
स्टेनलेस स्टिलको प्रयोग अहिले व्यापक मात्रामा हुने गरेको छ । यो एक मिश्रति धातु हो । यो कार्बन, क्रोमियम मिलेर बनेको हुन्छ । यसमा खाना पकाउँदा खासै असर गर्दैन ।

५. फलाम
फलामको भाँडामा पकाएको खानेकुरा खानु खासै अस्वास्थ्यकर हुँदैन । यसमा खाना पकाउँदा खानेकुरामा आइरनको मात्रा स्वत बढ्दछ । जो स्वास्थ्यकालागी फाइदाजनक छ ।

६. ननस्टिक
ननस्टिक अर्थात नटाँसिने भाँडामा खाना पकाउँदा खाना नटाँसिने भएकाले धेरै तेल, घिउको प्रयोग गर्नुपर्दैन । यद्यपी धेरै तताउँदा यस्तो भाँडाले रसायन उत्सर्जन भने गर्दछ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ५५ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि