भ्यालेन्सिया स्पेनिस कोपा  डेल रे को तेस्रो चरणमा « Khabarhub

भ्यालेन्सिया स्पेनिस कोपा  डेल रे को तेस्रो चरणमा


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोविरूद्ध ४-१ को सहज जित निकाल्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो ।

एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौँ मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो । नवौं मिनेटमा उरोस रासिकले गोल गर्दै भ्यालेन्सिया २-० को अग्रता दिलाए ।

३४औँ मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । ४६औँ मिनेटमा अल्बर्टो ओकाले गोल गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए ।

५३ औँ मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४-१ को सहज जित दिलाए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले