काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने « Khabarhub

काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीपछि सरकारले लगाएका सबै प्रतिबन्ध फुकुवा गरिसके पनि काठमाडौँ महानगर क्षेत्रका सबै विद्यालय अझै सञ्चालनमा आएका छैनन् ।

स्वास्थ्य मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आकलन विश्लेषणका लागि भन्दै महानगरले माघ १ देखि मात्रै विद्यालय सञ्चालनको अनुमति दिएको छ ।

महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ ।

चालु शैक्षिक सत्रको तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो ।

कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको  महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए ।

सरकारको निर्देशनअनुसार महानगरका विद्यालयहरुले गत असारबाट अनलाइन कक्षा भने चलाइरहेका थिए ।

अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् । महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गरिरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत (निजी) विद्यालय छन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ५९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल