गाउँपालिकाका अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि, १ हप्तालाई पालिका र वडा कार्यालय बन्द | Khabarhub Khabarhub

गाउँपालिकाका अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि, १ हप्तालाई पालिका र वडा कार्यालय बन्द


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका एक हप्ताका लागि सम्पुर्ण सेवाहरु बन्द भएको छ । पालिका अध्यक्ष लेखनाथ पोखरेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द भएको हो ।

पालिका अध्यक्ष पोखरेलसहित ९ जनालाई संक्रमण पुष्टि भएपछि बिहीबारदेखि पालिकाका कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालद्धारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

पालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै कोरोना रोकथामको लागि अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रशासकिय अधिकृत अर्यालले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएपछि पालिकाका जनप्रतिनिधि, कर्मचारीको कोरोना टेष्ट गरिएको थियो । कोरोना टेष्ट गर्दा जनप्रतिनिधिसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि पालिका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको विपी स्मृति अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ११ : १२ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार