मैले मन्त्री पद नदिँदा मेरो विरोध गर्ने बढे – प्रधानमन्त्री ओली (भिडियोसहित) | Khabarhub Khabarhub

मैले मन्त्री पद नदिँदा मेरो विरोध गर्ने बढे – प्रधानमन्त्री ओली (भिडियोसहित)

'जनविरोधी तत्वलाई जनताले नै ठेगान लगाउनुपर्छ'


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (ओली समूह) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल जाँदैमा कुनै फरक नपर्ने बताएका छन् ।

धनगढीमा आज आयोजित कार्यक्रममा बोल्दै उनले ‘पिलो निचोरेर वजन कम नहुने’ भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य समेत गरेका छन् ।

सम्बोधनका क्रममा उनले मन्त्री नबनाउँदा कतिपय आफ्नाविरुद्ध लागेको आरोप लगाए ।

‘जीवन शर्माको एउटा गीत छ नि, पिलो निचोरिँदैमा वजन कम हुँदैन,’ प्रधानमन्त्रीले ओलीले भने, ‘यो देश बनाउने उद्देश्य कमजोर भएको हुन्न, यो देशको जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर भएको हुन्न ।’

उनले आफ्नो खराब तत्वहरुलाई जनताले नै ठेगान लगाउनुपर्ने नत्र माथि (सत्तामा) गएर दुःख भन्दै धनगढीवासीलाई त्यस्ता तत्वलाई भोट नहाल्न समेत आग्रह गरे । उनले निर्धारित मितिमै चुनाव हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफू ५० वर्षअघि गणतन्त्रका लागि संघर्ष गरेको तर अहिले कतिले गणतन्त्र नै खतरामा पारेको भन्दै टिप्पणी गरेको बताए ।

‘अहिले देशमा संकटजस्तो स्थिति देखा परेको छ, संविधान जाने भयो, गणतन्त्र जाने भयो भनेर कराइरहेका छन्, पचास वर्षअघि गणतन्त्रका लागि संघर्षको मैदानमा उत्रिने अरु कोही थियो ? त्यो त मै होला नि,’ ओलीले भने, ‘अहिले गणतन्त्र संकटमा पर्यो भनेर हल्ला फैलाइन्छ ।’

उनले यसअघि भारतले नाकाबन्दी लगाउँदा आफूले डटेर सामना गरेको र चीनतर्फका नाका जोड्न पनि बाटाहरु निर्माण भइरहेको बताए ।

‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरें, त्यस्तो नाकाबन्दीका विरुद्ध राष्ट्रिय अडान रहेकाले सामना गर्यौं, अहिले चीन जाने अन्य बाटोहरु पनि खुला गरिन लागेको छ, बाटाहरु बन्दैछन्, लिम्पियाधुरा, लिपुलेक र कालोपानी हाम्रो भूमि हो,’ उनले भने ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि केही शक्तिहरु आफूविरुद्ध लागेको उनले दाबी गरे । ‘हडपिएको हाम्रो भू–भाग सामेल गरेर नक्सा प्रकाशित गर्यौं, त्यसपछि केहीलाई छटपटी भयो,’ ओलीले भने ।

उनले आफूले मन्त्री नबनाउँदा केहीले आफ्नो विरोध गर्दै हिँडेको  पनि बताए ।

‘मैले मन्त्री गराएका बेला केपी ओली ठीक थियो भन्नेले पनिले पनि अहिले विरोध गरेको देख्छु, मैले एकजनालाई मात्र मन्त्री बनाइरहन मानिनँ । उहाँलाई पीर पर्यो ।’ उनले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : ५५ बजे

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौं– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

संविधानलाई पूर्ण बनाउन सबैको ऐक्यवद्धता जरुरी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड