टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु « Khabarhub

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् ।

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका–१२, स्थित छिन्चुमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनमा घाइते आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।

उक्त घटनामा मोटरसाइकललाई चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । उनको छिन्चुमै उपचार भइरहेको डएसपी घर्तीले बताए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ४ : ४९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड