पोर्चुगलमा बझाङका कुँवरले छात्राबासबाट हामफालेर गरे आत्महत्या « Khabarhub

पोर्चुगलमा बझाङका कुँवरले छात्राबासबाट हामफालेर गरे आत्महत्या


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् ।

पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल आउने तयारीमा थिए । फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर उनले आत्महत्या गरेका हुन् ।

एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगाली प्रहरीले बताएको छ ।

यसैबीच कोरोनाका कारण सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन पुगेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : २३ बजे

ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित

काठमाडौं– २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको

जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा आज एकमात्र खेल हुँदैछ ।

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार

एनपीएल २०२५ : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा, प्लेअफको रोमाञ्चक दौड जारी

काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा हालसम्म

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त