प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तलाई न्याय माग्‍ने’ युवा पक्राउ « Khabarhub

प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तलाई न्याय माग्‍ने’ युवा पक्राउ


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा आज प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभास्थलमा ‘निर्मला पन्तका बलात्कारी खोइ ?’ नारा लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई त्यहाँ खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको टोलीलाई जिम्मा लगाएको जनाइएको छ ।

उनीहरुले कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तले अझै न्याय नपाएको भन्दै प्रतीकात्मक विरोध जनाएका थिए।

निर्मलाको बलात्कार गरी हत्या गरेको २ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै विरोधमा उत्रिएका हुन्।

दिउँसो २ बजे पक्राउ परेका उनीहरुलाई प्रधानमन्त्री आमसभा स्थलबाट निस्के लगत्तै बेलुका ५ बजे छोडिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : २३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल