कांग्रेस केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारियो « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारियो


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक माग ६ गतेका लागि सारिएको छ । यही पुस २७ गतेका लागि डाकिएको बैठक माघ ६ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो ।

प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको राखेको छ ।

२५ गतेको प्रदर्शनमा नेताहरु सहभागी हुने भएकाले फर्कन समय लाग्ने भन्दै कांग्रेसले बैठक स्थगित गरेर माघ ६ गतेका लागि डाकेको हो ।

२५ गते प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनका लागि जाने नेताहरु माघ ३ गतेको गाउँ/नगरपालिकामा विरोध प्रदर्शनपछि मात्र फर्कने भन्दै बैठक ६ गतेका लागि सारिएको हो ।

कांग्रेसले माघ ८ गते स्थानीय तहका ६ हजार ७४३ वडामा प्रदर्शनको तयारी गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा