पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउने नेता थापाको चेतावनी (भिडियोसहित) | Khabarhub Khabarhub

पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउने नेता थापाको चेतावनी (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनर्स्थापना हुने दाबी गरेका छन् ।

नेपाल तरुण दल भक्तपुरले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अदालतले संविधान पल्टाएर हेर्ने र संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन ।

‘केपी ओलीको यो कदमलाई संविधानले चिन्दैन। देशले अहिले न्यायालयतर्फ फर्किएर हेरेको छ। श्रीमानहरुले दायाँबायाँ हेर्नुपर्दैन, संविधान पल्टाएर हेरे पुग्छ,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाएको अवस्थामा अदालतले गुमाउनु हुँदैन। अदालतमाथि प्रधानमन्त्रीले दबाब सिर्जना गर्नुभएको छ, कसरी निर्णय उल्टन्छ भनेर बोलिरहनुभएको छ।’

उनले शाही आयोग खारेज गरेको अदालत प्रधानमन्त्रीसँग डराउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताए।

‘मलाई पूर्ण विश्वास छ। अब केही दिनको बहस पछि अदालतले ओलीको असंवैधानिक कदमलाई खारेज गर्नेछ,’ उनले भने।

संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाइने थापाले बताए।

‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु– तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन हुने बताए।

हेरौँ भिडियो

उनले कांग्रेसले अदालतको निर्णय नपर्खिएको जिकिर गरे। अहिलेको अवस्थामा मुलुक आइपुग्नुमा ओली मात्रै नभर सिंगो नेकपा दोषी भएको थापाको भनाइ थियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ०९ बजे

राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश

काठमाडौं-  राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन्

गाजामा इजरायली बमबारी, १५ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी– इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा आक्रमण गर्दा

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज बन्दै

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेन-जी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड

महिला आयोगकी सदस्य आफैंले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष

काठमाडौँ-राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले आफैंलाई आयोगको

बैंककमा सडक भासिँदा यातायात अवरुद्ध

एजेन्सी– बुधबार बैंककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि