ओलीलाई भीम रावलको जवाफ : तपाइँ एक नम्बर भगौडा « Khabarhub

ओलीलाई भीम रावलको जवाफ : तपाइँ एक नम्बर भगौडा


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्‍युनिस्ट पार्टी ‘दाहाल-नेपाल’ समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको आरोप लगाएका छन् ।

शुक्रबार अछाम-काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोप लगाउँदै एक नम्बर भगौडा भएको बताएका हुन ।

रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत बताए । ‘रअ’का प्रमुखसंग मध्यरातमा भेटर प्रधानमन्त्री ओली घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी गरे ।

‘रअका प्रमुख सामन्तसँग अधेरी रातमा भेट्ने ओली भगौडा नम्बर एक हो । घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो,’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ। म भन्छु भगौडा केपी ओलीको पछि नलागौं।’

रावलले केपी ओलीका ब्यङ्ग्य उनीमाथि नै प्रहार हुँदा दया लाग्ने गरेको तर्क गरे ।

‘आम निर्वाचनमा देउवा र टीकापुरमा एउटा सीट बाहेक सुपमा सबै हामीले जितायौं। उहाँलाई माया लागेन त्यो बेला। त्यो बेला एकजना मन्त्री नदिने, अहिले बन तस्करी गरेकाहरु, मैले नै कारवाही गरेकाहरू अघि सारेर ठूलो कुरा गर्ने ?’ उनले प्रश्न गरे।

रावलले प्रधानमन्त्रीले आफूलाई नक्कली राष्ट्रवादी भनेकोमा जवाफ फर्काउँदै भने, ‘केपी ओलीको टुक्का उल्लुले मात्र पत्याउँछ।’

उनले नेपाली जनताको रगत र पसिनाबाट बनेको संविधानको रक्षाका लागि आन्दोलन गर्नुपरेको जिकिर गरे ।

फरक प्रसंगमा उहाले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप केपी ओलीको साइबर सेनाले आफूलाई बदनाम गराउन लगाएको बताए ।

३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थित गर्दा आफूलाई नियोजित आरोप लगाइएको उनको भनाइ थियो ।

आफूले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफूमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पारे ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ४३ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना