लागुऔषध कारोवारीको नयाँ रोजाई  झापाको गौरीगञ्ज नाका « Khabarhub

लागुऔषध कारोवारीको नयाँ रोजाई  झापाको गौरीगञ्ज नाका


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- लागुऔषध कारोवार उच्च हुने गरेको झापामा कारोवारीहरुले नयाँ नयाँ नाका उपयोग गर्ने गरेको पाईएको छ ।

भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको काकरभिट्टा पूर्वी नेपालकै मुख्य नाका हो । अन्य व्यवसायीक कारोवारसँगै लागुऔषधको कारोबारसमेत यसै नाकाबाट हुने गरेको थियो ।

तर, कोरोना भाईरसको महामारीका कारण काँकरभिट्टा नाकाबाट व्यावसायिक कारोबार न्युन हुँदै आएको छ । सुरक्षाकर्मीको निगरानी लागुऔषध कारोवारीमाथि बढेपछि कारोवारीले काँकरभिट्टाको विकल्प खोज्न थालेका हुन् ।

गौरीगञ्ज नयाँ विकल्प

लागुऔषध कारोवारीहरुले पूर्वी नाका काँकरभिट्टाको विकल्पमा गौरीगञ्ज उपयोग गर्न थालेका छन् । गौरीगञ्ज भारतको बिहारसँग जोडिएको नाका हो ।

जिल्लाका पूर्वी नाकाको सट्टामा जिल्लाकै पश्चिम दक्षिणी नाकालाई लागुऔषध कारोवारीहरुले नयाँ विकल्पको रुपमा उपयोग गर्न थालेको प्रहरीले जनाएको छ ।

केहि समयअघि सम्म जिल्लाका मुख्य सहरी क्षेत्रहरु काँकरभिट्टा, विर्तामोड, दमकलगायतका क्षेत्रमा लागुऔषध कारोवारीहरुको संख्या उच्च रहने गरेको थियो । तर. केही समययता जिल्लाको पश्चिमी क्षेत्र दमक–गौरीगञ्ज करिडोरका ग्रामिण क्षेत्रमा समेत लागुऔषध प्रयोगकर्ताहरु भेटिन थालेका छन् ।

गिरोह पक्राउ

कारोवारीहरुले गौरीगञ्ज नाकालाई नयाँ विकल्पको रुपमा प्रयोग गर्न थालेसँगै सुरक्षाकर्मीले पनि निगरानी बढाएको छ । यसैक्रममा ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले लागुऔषधको कारोवारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

गौरीगञ्ज– ३ पानी ट्यांकीबाट झापाकै गौरादह नगरपालिक-२ का २५ वर्षीय मन्दिस अधिकारीलाई शंकास्पद ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट बदलिएको स्वरुपको ब्राउन सुगर ५५० मिलिग्रामसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै गौरीगञ्ज ३ बाटै मोरङ पथरीशनिश्चरे नगरपालिका-१ का २८ वर्षीय मुकेश बर्देवासमेत पक्राउ परेका छन् । उनको साथबाट पनि लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ २ ग्राम ५०० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

सोही ठाउँबाटै मोरङ पथरी शनिश्चरेकै २७ वर्षीय दिलिप कार्की र  सुजन लिम्बूलाई समेत  १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : १० बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी