नेप्सेमा नयाँ रेकर्ड, बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब « Khabarhub

नेप्सेमा नयाँ रेकर्ड, बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ ।

नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण बढेर साढे रु ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार रु ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बिमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोबारले देखाएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बिमा १३१.९२, उत्पादन ७४.८९ र लघु वित्त ३१.४२ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटेल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बिमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६२ करोड १३ लाख ५३ हजार १२९ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्ट्रेन्स रु ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैंक रु ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघु वित्त रु ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैंक रु २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रो फाइनान्स रु २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी रु २२ करोड ३२ लाख ८९८ र एनआइसी एसिया बैंक रु २० करोड ४८ लाख ९७ हजार १०८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा गरिमा विकास लघु वित्त ९.९२, प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघु वित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए ।

हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नती सहकार्य लघु वित्त ६.३७, स्वाभिमान लघु वित्त ५.४७, सिभिल लघु वित्त ५.११, लक्षमी लघु वित्त ४.८२, स्वरोजगार लघु वित्त ४.७३, किसान लघु वित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : ०१ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग