मन्त्री श्रेष्ठबाट शिक्षा क्षेत्रमा अमेरिकी सहयोगको प्रशंसा « Khabarhub

मन्त्री श्रेष्ठबाट शिक्षा क्षेत्रमा अमेरिकी सहयोगको प्रशंसा


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम र दूर तथा प्राथमिक शिक्षाका विकासमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय रहेको बताएका छन ।

मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधुर हुने विश्वास व्यक्त गरे ।

प्राकृतिक विपद् या कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै उनले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिए ।

राजदूत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट गरे ।

नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले व्यक्त गरे । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा अमेरिकाले गरेको लगानी महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ०१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको