माउन्ट केटू आरोही नेपाली टोलीलाई पोखरामा सम्मान « Khabarhub

माउन्ट केटू आरोही नेपाली टोलीलाई पोखरामा सम्मान


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विश्वको दोस्रो अग्लो शिखर केटू हिमालको आरोहण गरी कीर्तिमानी राखेको नेपाली टोलीलाई पोखरामा सम्मान गरिएको छ ।

पोखरा पर्यटन परिषदले केटू हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई नगर परिक्रमा सहति सम्मान गरेको हो ।

केटु हिमाल (८६११ मिटर) को नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते शनिबारका दिन सफल आरोहण गरी इतिहास रचेका थिए ।

विश्वमै नेपालको नाम उचो राखेको खुसियालीमा उनीहरूको हौसला स्वरुप सम्मान गरिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

निर्मल पुर्जा आरोहण दलको टिममा मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा र पेम चिरी शेर्पाले माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेका थिए ।

त्यसैगरी दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा ,दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा थिए भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : ०६ बजे

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज सेजनले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर