नक्कली नोटसहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

१ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उनको साथबाट नक्कली रकम बरामद गरिएको छ । उनको साथबाट तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको उनले बताए ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आइतबार राति करिब साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बी.आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा नक्कली रुपैयाँ फेला परेको प्रहरीले जनाएको हो ।

मोटरसाइकलको भाइजरभित्र लुकाएर राखिएको अवस्थामा एक हजार दरको एक सय ९३ थान नेपाली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : १७ बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा