‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक | Khabarhub Khabarhub

‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता अनमोल केसीको डुप्लिकेट भनेर मिडियामा चर्चामा आएका मोडल अभिषेक श्रेष्ठ अब नायकका रुपमा दर्शकमाझ आउने भएका छन् ।

ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘चुरीफुरी’मा अभिषेकसँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत कलाकारका रुपमा फाइनल भएका हुन् ।

कमेडी फ्लेभरमा निर्माण भइरहेको फिल्ममा यसअघि नै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायत अनुबन्धित भइसकेका छन् ।

निर्देशक आचार्यका अनुसार नयाँ कलाकारहरु अडिसनबाट चयन भएका हुन् । उनले करिब ८ सय युवायुवती अडिसनमा सहभागी भएको बताए ।

आरबी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायांकन रहने फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला, दीपक शर्माको संगीत र नवीन निरौलाको सम्पादन छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : २९ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन