प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट « Khabarhub

प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन ।

प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए ।

उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?”

उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद नपाएर केही नेता नेकपाबाट चोइटिएर गए पनि देशभर पुनःगठन गरेर पार्टीमा नयाँ गति दिन सकिने बताए ।

नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले नेकपाको मूल पार्टी प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै रहेकाले कार्यकर्तालाई कुनै भ्रम नराख्न आग्रह गरे ।

नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनका इञ्चार्ज राजेन्द्र गौतमले नयाँ राजनीतिक परिस्थितिलाई मनन गरेर ताजा जनादेशका पक्षमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे ।

प्रेस सङ्गठनका संयोजक गणेश बस्नेतले अधिकांश श्रमजीवी पत्रकारले अहिलेसम्म पनि आफूले गरेको कामको न्यूनतम पारिश्रमिक नपाएको भन्दै यथाशक्य पारिश्रमिक दिन आग्रह गरे ।

कार्यक्रममा संगठनका पूर्वाध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव प्रमोद दाहाल, केन्द्रीय नेता गणेश पाण्डेलगायतले भेला सफताको शुभकामना दिए ।

संगठनका प्रदेश इञ्चार्ज हेमन्त पौडेलको अध्यक्षतामा जारी भेलाले प्रदेश कमिटी र विभिन्न जिल्लामा विस्तार पुःगठन गर्ने जनाइएको छ । सो संगठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न भेलाले बस्नेतलाई केन्द्रीय संयोजक चयन गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : ४७ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका