सेन्टिमेन्टल कमेडीमा ‘तेस्का बाजे’ « Khabarhub

सेन्टिमेन्टल कमेडीमा ‘तेस्का बाजे’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमेडी जनरामा नयाँ फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ ।

हालसम्म कलाकार छनोट केहि गरिएको यश फिल्मको लागि थप अन्य कलाकारहरु भने केहो दिनमा नै तय गरिने निर्माण पक्षले जानकारी दिएको छ । सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा मुहुर्त गरेर फिल्मको औपचारिक निर्माण घोषण गरियो ।

बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कल्याण अधिकारीको निर्देशन रहनेछ । निर्देशक अधिकारीका अनुसार फिल्म सेन्टीमेन्टल कमेडी फ्लेभरमा बन्नेछ । कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता छन् ।

चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ ।

निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिने बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ४५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर