तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई आज अमेरिकी अवार्ड दिँइदै « Khabarhub

तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई आज अमेरिकी अवार्ड दिँइदै


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५  वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।

यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिए ।

गत शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले खातुनलाई सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएका थिए । उक्त अवार्ड मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदान गर्न लागिएको हो ।

उनलाई भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले सो अवार्डले सम्मान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।

नेपालस्थित अमेरिकी दूतावास भन्छ- ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लागि परिन्। उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे। यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो।’

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्सा वीरगञ्जकी मुस्कानमाथि २०७६ साल भदौमा एसिड आक्रमण भएको थियो।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : १२ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले