तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई आज अमेरिकी अवार्ड दिँइदै « Khabarhub

तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई आज अमेरिकी अवार्ड दिँइदै


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५  वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।

यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिए ।

गत शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले खातुनलाई सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएका थिए । उक्त अवार्ड मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदान गर्न लागिएको हो ।

उनलाई भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले सो अवार्डले सम्मान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।

नेपालस्थित अमेरिकी दूतावास भन्छ- ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लागि परिन्। उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे। यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो।’

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्सा वीरगञ्जकी मुस्कानमाथि २०७६ साल भदौमा एसिड आक्रमण भएको थियो।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : १२ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि