स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत « Khabarhub

स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वीट्जरल्यान्डमा मुस्लिम महिलाहरूले बुर्का तथा निकाबजस्ता मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा बहुमतले समर्थन जनाएका छन्।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएकोमा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका छन् । विपक्षमा ४८.८% मानिसले भोट हालेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केहीले मात्रै मात्र त्यस्तो पोशाक लगाउने गरेकोमा जनमत संग्रहबाट आएको निर्णयले महिलाहरूलाई अप्ठ्यारो पारेको ठानिएको छ ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएका थिए । तर महिलाहरूको विरोधकाबीच जनमत संग्रहबाट दर्ज भएको अभिमतलाई अब प्रतिबन्धको रूपमा स्वीस संविधानमा उल्लेखित हुनेछ ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवाद छ ।

फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदर्ल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : २० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष