स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत | Khabarhub Khabarhub

स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वीट्जरल्यान्डमा मुस्लिम महिलाहरूले बुर्का तथा निकाबजस्ता मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा बहुमतले समर्थन जनाएका छन्।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएकोमा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका छन् । विपक्षमा ४८.८% मानिसले भोट हालेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केहीले मात्रै मात्र त्यस्तो पोशाक लगाउने गरेकोमा जनमत संग्रहबाट आएको निर्णयले महिलाहरूलाई अप्ठ्यारो पारेको ठानिएको छ ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएका थिए । तर महिलाहरूको विरोधकाबीच जनमत संग्रहबाट दर्ज भएको अभिमतलाई अब प्रतिबन्धको रूपमा स्वीस संविधानमा उल्लेखित हुनेछ ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवाद छ ।

फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदर्ल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : २० बजे

नाइजेरिया अपडेट : भागदौडमा मृतकको सङ्ख्या सङ्ख्या ३२ पुग्यो

लागोस – नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई

नेपालमा चिनियाँ भाषा पढ्ने बढ्दै, ज्यापु समाजमा विशेष कार्यक्रम

काठमाडौं- नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दै गएको छ । विभिन्न

सीताको चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर

रविलाई निलम्बनको पत्र संसद्‍मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई