शिक्षा मन्त्रालयका कर्मचारीकाे जिम्मेवारी हेरफेर « Khabarhub

शिक्षा मन्त्रालयका कर्मचारीकाे जिम्मेवारी हेरफेर


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको जिम्मेवारी सहसचिव दीपक शर्मालाई दिइएको छ भने सोही मन्त्रालयको प्राविधिक महाशाखाको जिम्मेवारी केही समयअघि बागमती प्रदेशबाट सरुवा भएर मन्त्रालय आएका सहसचिव डा. हरि लम्साललाई दिइएको छ ।

त्यस्तै, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महानिर्देशक केशव दाहाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेलाई पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक बनाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रमा कार्यरत रुद्र अधिकारीलाई राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेललाई विद्यालय शिक्षक किताबखानामा सरुवा गरिएको छ ।

विद्यालय शिक्षक किताबखानामा रहेका उपसचिव शिवकुमार सापकोटालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ११ : ३५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा