अभिनयसँगै खेलकुदमा अब्बल अजीत कुमार « Khabarhub

अभिनयसँगै खेलकुदमा अब्बल अजीत कुमार


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय सुपरस्टार अजीत कुमार अभिनयमा जति अब्बल छन्, खेलकुद गतिविधिमा पनि उनी उत्तिकै अब्बल ठहरिन्छन् ।

कार रेसिङदेखि लामो दुरीसम्म साइकल चलाउने काममा यी अभिनेताले जोकोहीलाई प्रेरित गर्न सक्छन् । अहिले अजितले एउटा खेलमा सबैलाई चकित बनाएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले एक सुटिङ च्याम्पियनशिपमा ४ स्वर्ण पदक र दुई रजत पदक जितेका छन् । सामाजिक सञ्जालमा अजीतलाई स्वर्ण पदक दिइरहेको एक भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो तमिलनाडु स्टेट सुटिङ च्याम्पियन कम्पीटिसनको हो, जहाँ अजीतले सहभागिता जनाएर कैयौं मेडल आफ्नो नाममा पारे ।

सुटिङ अघि अजीतले प्रोफेशनल रेसरको पहिचान बनाइसकेका छन् । उनले कैयौं कार रेसिङ प्रतियोगितामा भाग लिएका छन् । फर्मुला रेसिङमा सहभागिता जनाउने उनी सायदै कम भारतीयमा पर्दछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : ५५ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का