इन्स्टाग्राममा अभिनेतालाई पछि पार्ने यी अभिनेत्री « Khabarhub

इन्स्टाग्राममा अभिनेतालाई पछि पार्ने यी अभिनेत्री


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– एक समय थियो, फिल्म दुनियाँमा अभिनेताहरुको धेरै बोलवाला चल्थ्यो । बलिउडमा तीन खान मात्र चर्चित मानिन्थे । तर अहिले अवस्था फेरिएको छ ।

बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले तीन खानलाई पछाडि पारेका छन् । बलिउडमा चार अभिनेत्रीको सामाजिक सञ्जाल फलोअरकाे संख्या अभिनेताको भन्दा धेरै अगाडि छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाको अभिनय यात्रा हलिउडसम्म पुगिसकेको छ । उनले सन् २००३ मा फिल्म ‘द हिरो’बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

इन्स्टाग्राममा प्रियंकाको फलोअर ६० दशमलब ९ मिलियन छ, यो संख्या अन्य भारतीय सेलिब्रेटीको भन्दा अधिक हो । उनीभन्दा अगाडि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको फलोअर संख्या १०० मिलियन छ ।

अर्की अभिनेत्री श्रद्धा कपुर सामाजिक सञ्जालमा सक्रिय अभिनेत्रीमा पर्छिन् । उनको इन्स्टाग्राममा फलोअरको संख्या ५८ दशमलब ३ मिलियन छन् ।

केही समय अघि मात्र श्रद्धा यो सूचीमा प्रियंका चोपडा, दीपिका पादुकोण र आलिया भट्ट भन्दा पछाडि थिइन् । अहिले उनी दीपिका र आलियालाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएकी छन् ।

अभिनेत्री दीपिका पादुकोणको इस्टाग्राममा ५२ दशमलब ४ मिलियन फलोअर छन् । उनको फिल्मी पारिश्रमिक पनि कुनै अभिनेताको भन्दा कम छैन ।

अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा ५१ दशमलब १ मिलियन फलोअर छन् । सामाजिक सञ्जालमा सक्रिय आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : २० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका