राष्ट्रिय रोजगार सम्मेलन काठमाडौँमा हुने | Khabarhub Khabarhub

राष्ट्रिय रोजगार सम्मेलन काठमाडौँमा हुने


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ ।

राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौँमा गरिने भएको छ । उनले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिए ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्र्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

“सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र सीपका आधारमा रोजगारीको सहमति गरिनेछ”, उनले भने, “बेरोजगार भएका युवालाई रोजगारी दिन सम्मेलनको आयोजना गरिएको हो ।”

सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को समेत सहकार्य हुनेछ ।

सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : १२ बजे

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो 

कमलामाई– रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका

‘नेता र सत्तामुखी मानसिकताले चुनाव जिताउन र हराउनमात्रै काम गर्छ’

पछिल्लो समय इलाम र बझाङमा भएको उपचुनाव सन्दर्भलाई लिएर विभिन्न

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।