भदौमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ « Khabarhub

भदौमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।

फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ । अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् ।

यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ । कोभिडअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : २० बजे

अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित 

 काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु 

एजेन्सी– उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको

इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो

काठमाडौं- इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो देखिएको छ ।

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा

फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर

काठमाडौं– वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै