भदौमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ « Khabarhub

भदौमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।

फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ । अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् ।

यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ । कोभिडअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : २० बजे

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा