सरकारले सेक्युरिटी प्रेस मेसिन ल्याउँदै « Khabarhub

सरकारले सेक्युरिटी प्रेस मेसिन ल्याउँदै


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ‘सेक्युरिटी प्रेस मेसिन’ खरिद प्रक्रिया अगाडि बढाएको छ । सुरक्षण मुद्रण केन्द्रले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणका लागि टेन्डर गरेको हो ।

करिब ८० करोड मूल्य अनुमान गरिएको मेसिन ल्याएर अर्को वर्षदेखि नेपालमा सरकारी पक्षबाटै सुरक्षण मुद्रण सुरु गर्ने केन्द्रको योजना छ ।

केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल चालु आर्थिक वर्षभित्रै मेसिनको आपूर्ति हुने बताउँछन् । ‘मेसिन आएपछि जडान र सञ्चालनको तयारी गर्न एक वर्षजति समय लाग्छ,’ उनले भने,’बनेपाको आईटी पार्कको भवनलाई मेसिन राख्न मिल्ने गरी तयार गर्नुपर्ने हुन्छ ।’

सुरक्षण मुद्रणको लागि भवन र मेसिन बनाउन अर्थ मन्त्रालयसँग बहुवर्षीय ठेक्का लगाउन अनुमति मागिए पनि चालु आर्थिक वर्षमा त्यस्तो अनुमति नपाएको पौडेलले बताए ।

सरकारले यसअघि फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर (जीटुजी) प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणपछि जर्मनीको भेरिडोस कम्पनीसँग मागिएको कोटेसनलाई आधार बनाएर आईएनलाई ठेक्का दिने सरकारी योजना तुहिएको थियो ।

बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोडको डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारले सुरक्षण मुद्रणको प्याकेजलाई टुक्र्याएर ठेक्का लगाउन थालेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : २४ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा