ईसेवा आइडीमा अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने पक्राउ « Khabarhub

ईसेवा आइडीमा अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने पक्राउ


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईसेवा आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-४ घर भएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुर सानोठिमीबाट गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड चोरी गरी ईसेवा आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खातालगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाइन ठगी गरेको सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : २१ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी