पार्टी एकता जोगाउने सम्भावना छन् भने खोजी गरौं : नेता पन्त « Khabarhub

पार्टी एकता जोगाउने सम्भावना छन् भने खोजी गरौं : नेता पन्त


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — साविक नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकता जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने तर्क गरेका छन् ।

सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना खोज्नुपर्ने उनले बताएका हुन् ।

पेरिसडाँडामा जारी साविक दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन पुष्पमल दाहाल र केपी ओली बसेर सम्भावना खोज्नु पर्ने धारणा आफूले राखेको पन्तले बताए ।

‘जसरी एकता प्रक्रिया सुरु भएको थियो, त्यो एकता प्रक्रिया आफैमा राम्रो थियो । एकताले लोकतन्त्र, नेपालको संविधानलाई जोगाएर जान सकिन्छ । सर्वोच्च अदालतको फैसलापछिको नयाँ अवस्थामा फेरि पनि कुराकानी गरेर एकता जोगाउने सम्भावना छन् भने खोज्नुपर्छ भनेको छु,’ पन्तले भने, ‘तर, त्यसको लागि फेरि पनि कमरेड प्रचण्ड र कमरेड केपी ओलीले कुराकानी अगाडि बढाउनु पर्‌यो ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ३१ बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी