एमालेमा फर्किए पनि माओवादीसँग सहकार्य रहन्छ : नेता नेपाल | Khabarhub Khabarhub

एमालेमा फर्किए पनि माओवादीसँग सहकार्य रहन्छ : नेता नेपाल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक दाहाल-नेपाल समूहका नेता माधव कुमार नेपालले अब अलग अलग भएर जाने निर्णय भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् ।

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सकिए लगत्तै नेता माधव नेपालले पार्टी अलग भए पनि मन विशाल भएको बताए । बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ, सहकार्य जारी रहन्छ ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

सर्वोच्चको आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए । बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् ।

साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : १४ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा