एमालेमा फर्किए पनि माओवादीसँग सहकार्य रहन्छ : नेता नेपाल « Khabarhub

एमालेमा फर्किए पनि माओवादीसँग सहकार्य रहन्छ : नेता नेपाल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक दाहाल-नेपाल समूहका नेता माधव कुमार नेपालले अब अलग अलग भएर जाने निर्णय भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् ।

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सकिए लगत्तै नेता माधव नेपालले पार्टी अलग भए पनि मन विशाल भएको बताए । बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ, सहकार्य जारी रहन्छ ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

सर्वोच्चको आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए । बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् ।

साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : १४ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज