प्रधानमन्त्रीले गरे ‘मेक इन नेपाल स्वदेशी अभियान’को शुभारम्भ (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्रीले गरे ‘मेक इन नेपाल स्वदेशी अभियान’को शुभारम्भ (भिडियोसहित)


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ ।

सो अभियानको आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् । अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताए ।

प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, “यो अभियान एउटा नयाँ अठोट हो, राष्ट्रलाई आधुनिकीकरण र औद्योगीकरण गर्ने दिशामा महत्वपूर्ण रहन्छ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्रीले यस्ता अभियान साना देखिए पनि अर्थ ठूलो हुने भन्दै भारतमा महात्मा गान्धीले शुरु गरेको चर्खा आन्दोलनको उदाहरण दिएका थिए । नेपाली उत्पादनले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्ने गरी उद्योगको क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

हेरौँ भिडियो

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढेको भन्दै कुनै समस्या भए त्यसलाई क्रमशः समाधान गर्दै जाने बताए । उनले पछिल्ला दिनमा निजी क्षेत्रका साझा संस्थासँग निरन्तर संवाद गरिएको र आवश्यकताका आधारमा लगानीमैत्री कानूनको तर्जुमा गरिएको जानकारी दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसंघ लागिपरेको र आजको अभियान त्यसैको उदाहरण भएको बताए ।

उनका अनुसार परिसंघले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो ।

त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ । यसैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ ।

परिसंघको यस अभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।

यस्तै आगामी पाँच वर्षमा झण्डै रु पाँच खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । परिसंघका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ३७ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,