आइएलओ अभिसन्धि १९० अनुमोदन गर्न माग « Khabarhub

आइएलओ अभिसन्धि १९० अनुमोदन गर्न माग


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १११औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न संघसंगठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, अनेरास्ववियुलगायतले महिला अधिकार संरक्षणका लागि ‘आइएलओ अभिसन्धि १९० पारितका लागि दबाब सिर्जना गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री जुलीकुमारी महतोले दिवसका अवसरमा शुभकामना दिएकी थिइन ।

सो अवसरमा ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले दुई दशकअघिदेखि आइएलओ अभिसन्धि पारितको कुरा उठाउँदै आए पनि अहिलेसम्म संसदबाट अनुमोदन हुन नसकेको बताइन् ।

ट्रेड युनियन कांग्रेसका पूर्वाध्यक्ष लक्ष्मणबहादुर बस्नेतले अभिसन्धि पारित गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए ।

“अभिसन्धि पारित नभए अहिलेसम्म श्रमिक अधिकारका लागि भएका र गरिएका कार्य व्यर्थ हुनेछ”, उनले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : २७ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले