आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने अवस्था ‘एकदमै दुर्लभ’ भएको युरोपेली औषधि नियामकको ठहर « Khabarhub

आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने अवस्था ‘एकदमै दुर्लभ’ भएको युरोपेली औषधि नियामकको ठहर


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई ‘एकदमै दुर्लभ’ असर भएको युरोपेली औषधि नियामकहरूले ठहर गरेका छन् ।

युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाको अध्ययनपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको ठहर गरेको हो ।

ईएमएको अध्ययन प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे अध्ययन गरेको थियो ।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको जनाइएको बीबीसीले जनाएको छ ।

यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ।

यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको ‘सम्भावना रहे पनि’ त्यसको ‘पुष्टि नभएको’ जनाएको छ । संगठनले विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने ‘निकै दुर्लभ’ रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ५० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो